नियम २८
अग्रिम वा छुट अन्तरवार्ता लिन सकिने
(१) लिखित परीक्षाको प्रकाशित नतिजामा समावेश भएको कुनै उम्मेदवारले अन्तरवार्ताको लागि तोकिएको मितिभन्दा अगाडि नै अन्तरवार्ता लिइदिन सो को आधार र कारण उल्लेख गरी निवेदन दिएमा र निवेदनको व्यहोरा मनासिव देखिएमा आयोगले त्यस्तो व्यक्तिको लागि अग्रिम अन्तरवार्ता लिने व्यवस्था गर्न सक्नेछ ।
(२) कुनै उम्मेदवारले देहायको अवस्था परी अन्तरवार्ताको लागि आयोगबाट निर्धारण भएको मिति र समयमा उपस्थित हुन नसकेमा सोको प्रमाण सहित अन्तरवार्ताका लागि तोकिएको मितिले उम्मेदवार आफै किरिया बस्नु परेको वा सुत्केरी भएको हकमा पन्ध्र दिन र अन्य अवस्थाको हकमा सात दिनभित्र निवेदन दिएमा आयोगले निवेदनको व्यहोरा मनासिव देखेमा छुट अन्तर्वार्ता लिने व्यवस्था गर्न सक्नेछः–
(क) किरिया बस्नु परेमा,
(ख) सुत्केरी भएमा,
(ग) अन्तर्वार्तामा उपस्थित हुन नसक्ने बिरामी भएमा,
(घ) काबु बाहिरको परिस्थिति परेमा ।
(३) अग्रिम तथा छुट अन्तरवार्तामा समावेश हुने उम्मेदवारले तोकिएको परीक्षा दस्तुरको दोव्वर दस्तुर बुझाउनु पर्नेछ ।